नियम ५७
साझेदारी वन व्यवस्थापन समिति
(१) साझेदारी वनको व्यवस्थापनका लागि ऐनको दफा २३ बमोजिमका साझेदारहरुको तर्फबाट निर्णय गर्नको लागि देहाय बमोजिमको एउटा साझेदारी वन व्यवस्थापन समिति रहनेछ:ः-

(क) साझेदारी वन उपभोक्ता

समूहको अध्यक्ष “अव्यक्ष (ख) साझेदारी वन व्यवस्थापन क्षेत्रभित्र पर्ने प्रत्येक स्थानीय तहको कार्यपालिकाबाट छनोट भएका प्रतिनिधि सदस्य मध्येबाट छनोट भएको एकजना -उपाध्यक्ष (ग) साझेदारी वन उपभोक्ता समूहका सदस्य मध्येबाट साधारण सभाले छनोट गरेका कम्तीमा तीन जना: महिला, उपलब्ध भएसम्म दलित, आदिवासी जनजाति र मधेसीबाट एक-एक जना सहित बढीमा तेह्रजना -सदस्य (घ) साझेदारी वन व्यवस्थापन क्षेत्रभित्र रहेका प्रत्येक वडाबाट छनोट भएका निर्वाचित प्रतिनिधि मध्येबाट छनोट भएका एकजना -सदस्य (ङ) -डिभिजनल वन अधिकृतले तोकेको सहायक वन अधिकृत -सदस्य-सचिव (२) साझेदारी वन व्यवस्थापन समितिको दैनिक कार्य सञ्चालन तथा साझेदारी वनको स्वीकृत कार्ययोजना कार्यान्वयन गर्न साझेदारी वन व्यवस्थापन समितिको अध्यक्षको अध्यक्षतामा देहाय बमोजिमको कार्यान्वयन एकाइ रहनेछ:-

(क) साझेदारी वन व्यवस्थापन

समितिको अध्यक्ष कको ।

(ख) उपनियम (१) को खण्ड (ग)

बमोजिमका सदस्यहरुले आफू मध्येबाट छनोट गरेका कम्तीमा दुई जना महिला सहित चार जना -सदस्य

(ग) उपनियम (१) को खण्ड (घ)

बमोजिमका सदस्यहरुले

आफू मध्येबाट छनोट गरेको

एक जना -सदस्य (घ) सम्बन्धित सब - डिभिजन

वन कार्यालयको सहायक

वन अधिकृत -सदस्य-सचिव

(३) साझेदारी वन व्यवस्थापन समितिका पदाधिकारी र सदस्यको पदावधि बढीमा पाँच वर्षको हुनेछ र पदावधि सकिनु अगावै नयाँ “पदाधिकारी र सदस्यको चयन गरी जिम्मेवारी हस्तान्तरण गर्नु पर्नेछ।

(४) उपनियम (३) बमोजिम जिम्मेवारी हस्तान्तरण नभएमा नयाँ पदाधिकारी र सदस्य चयन नहुँदासम्म डिभिजनल वन अधिकृतले साझेदारी वनको कार्ययोजनाको कार्यान्वयन गर्नेछ र तीन महिनाभित्र व्यवस्थापन समिति गठन गरी जिम्मेवारी हस्तान्तरण गर्नु पर्नेछ।